एन्फा महिला लिगको दोस्रो चरणमा पुग्ने ५ वटै टाेलीकाे टुङ्गाे लाग्याे, सुदूरपश्चिमले ९ खेलमा ६९ गोल खायो

 असोज १०, २०८१ बिहीबार १८:३०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : एन्फा

काठमाण्डाै – एन्फा महिला फुटबल लिग फुटबलमा दोस्रो चरणको समीकरण पूरा भएको छ । आज भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई हराउँदै कोशी प्रदेश एन्फा महिला लिगको दोस्रो चरणमा पुगेको हो ।

कोशीले सुदूरपश्चिमलाई ४–० गोलले हरायो । कोशीका लागि समीक्षा मगरले दुई तथा ममता राउत र कुश्मा राईले समान १ गोल गरे । जीतसँगै कोशी ९ खेलमा १४ अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ । सुदूरपश्चिम ९ वटै खेल हारेर अङ्कविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । सुदूरपश्चिमले प्रतियोगितामा ६९ गोल खाँदा ३ गोल फर्काएको छ ।

आज भएको पहिलो खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई २–१ गोलले हराउँदै स्याङ्जाको वालिङ नगरपालिका पनि दोस्रो चरण्मा पुगेको छ । एन्फा महिला लिगमा यसअघि नै सशस्त्र प्रहरी बलको एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब दोस्रो चरणमा पुगिसकेका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा चलिरहेको लिगमा १० वटा टोली सहभागी भएकामा पहिलो चरणमा शीर्ष ५ मा रहेका टोली दोस्रो चरणमा पुगेका हुन् ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया