नेपाल २० वर्षमुनिको एशियन कपमा छनोट हुन सकेन

 असोज ११, २०८१ शुक्रबार १५:१३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल एएफसी २० वर्षमुनिको एशियन कपमा छनोट हुन असफल भएको छ । न्यु ताइपेई सिटीमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल बहराइनसँग ४–० गोलले पराजित भयो ।

प्रतियाेगितामा नेपालले चार खेलमा एकमा जीत र तीनमा हार बेहाेर्‍याे । समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ गोलले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले घरेलु टोली चाइनिज ताइपेईलाई २–१ गोलले हराएको थियो । यस्तै तेस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग ६–० गोलले पराजित भएको थियो ।

२० वर्षमुनिकाे एशियन कप छनाेट आउँदाे वर्ष चीनमा आयाेजना हुँदैछ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया