लेदाेसहितकाे पहिराे खसेपछि नाैबिसे–काठमाण्डाै सडक अवरुद्ध

 असोज ११, २०८१ शुक्रबार १५:११:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – पहिरो खस्दा नौबिसे–काठमाण्डौ सडक अवरुद्ध भएको छ । धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि अहिले सडक दुईतर्फी नै अवरुद्ध छ ।

पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । सडक बन्द हुँदा गाडी र यात्रु बीच बाटोमै अलपत्र परेका छन् । सडक छिटो खुलाउनेगरी प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

निरन्तरको वर्षाका कारण केही सडक आशिंक तथा पूर्णरूपमा अवरुद्ध भएका छन् ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया