टी–२० क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने वेस्ट इन्डिजका ड्वेन ब्राभोले सन्न्यास लिए

 असोज ११, २०८१ शुक्रबार १५:३७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – वेस्ट इन्डिजका अलराउन्डर ड्वेन ब्राभोले सबैखाले क्रिकेटबाट सन्न्यास लिएका छन् । चोटका कारण ब्राभोले फ्रेन्चाइज क्रिकेट ‘क्यारेबियन प्रिमियर लिग’ (सीपीएल) चलिरहँदै सन्न्यासको घोषणा गरेका हुन् । उनले आफ्नो दिमागले अझै क्रिकेट खेल्न चाहेको तर शरीरले अनुमति नदिइरहेको बताएका छन् ।

ड्वेन ब्राभो टी–२० क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने बलर हुन् । उनले ५ सय ८२ टी–२० क्रिकेटमा ६ सय ३१ विकेट लिएका छन् । ब्राभोले आफ्नो १८ वर्षको खेल जीवनमा वेस्ट इन्डिजबाट ४० टेस्ट, १ सय ६४ एकदिवसीय अन्तर्राष्ट्रिय र ९१ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै ३ सय ६३ विकेट लिएका छन् । यस्तै उनले यी सबै फर्म्याटमा गरी पाँच शतक र २७ अर्धशतकसहित ६ हजार ३ सय २३ रन बनाएका छन् ।

ब्राभोले इन्डियन प्रिमियर लिग (आईपीएल) सहित विश्वका चर्चित फ्रेन्चाइज लिग पनि खेलेका छन् । उनले सन् २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया