सिन्धुपाल्चोकमा भोटेकोशीले सडक र पुल बगाउँदा नेपाल–चीन सडक बिच्छेद

 असोज १२, २०८१ शनिबार १४:३०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – बाढी पहिरोले सडक र पुल बगाउँदा सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै नेपाल चीन सडक पूर्ण रुपमा बिच्छेद भएको छ । ठाउँठाउँमा सडक बगाउनुको साथै नेपाल चीन जोड्ने अरनिको राजमार्ग अन्तर्गतको एउटा पक्कि पुल र एउटा बेलिव्रिज बगेको भोटेकोशी गाउँपालिकाका अध्यक्ष नुर्पु शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार भोटेकोशी खोलामा आएको बाढीले लिपिङमा रहेको पक्कि पुल र लार्चामा रहेको बेलिब्रिज बगेको हो । यस्तै वडा नम्बर ३ र ४ लाई जोड्ने अर्को बेलिब्रिज पनि बगेको उहाँले बताउनुभयो । उहाँका अनुसार तातोपानी नाकातर्फ मानिस हिड्ने बाटो समेत छैन ।

बाढीका कारण खोला छेउका लार्चा, दश किलो, साँघु बजार जोखिममा परेको रहेकोले त्यहाँका बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको पनि अध्यक्ष शेर्पाले बताउनुभयो । बाढीका कारण तातोपानीको सुख्खा बन्दरगाह पनि जोखिममा परेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

दशैँको समयमा व्यापारीहरुले तातोपानी नाका हुँदा धेरै सामाग्रि ल्याउने भएकोले यसबेला सडक बिच्छेद हुँदा समस्या हुने देखिएको पनि अध्यक्ष शेर्पाले बताउनुभयो ।  
 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया