त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला : दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै

 असोज १३, २०८१ आइतबार १२:२८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डौ – क्यानडामा चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । खेल किङ सिटीमा आजराति पौने १० बजे शुरु हुनेछ । हिजो भएको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १४ रनले पराजित भएको थियो ।

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडामा एकदिवशीय शृङ्खलापछि नेपाल, क्यानडा र ओमानबीच टी–२० शृङ्खला भइरहेको छ । नेपालले पर्सि मङ्गलवार क्यानडासँग र बुधवार ओमानसँग खेल्नेछ ।

नेपालले क्यानडामा खेलेका चारमध्ये तीन वटा पराजित हुँदा ओमानसँगको खेल वर्षाले रद्द भएपछि अङ्क बाँडेको थियो ।

अन्तिम अपडेट: असोज १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया