प्रिमियर लिग : आज युनाइटेड र टोटनहम तथा ईपस्विच टाउन र एस्टनभिल्ला खेल्दै

 असोज १३, २०८१ आइतबार १२:५०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा ईपस्विच टाउन र एस्टनभिल्लाबीच नेपाली समय अनुसार बेलुका पौने ७ बजे खेल हुनेछ ।

त्यस्तै राति सवा ९ बजे म्यानचेस्टर युनाइटेड र टोटनहम खेल्दैछन् । लिगका पाँच खेलमा युनाइटेड र टोटनहमको समान सात अङ्क रहेको छ । टोटनहम १० औँ र युनाइटेड ११ औँ स्थानमा रहेको छ ।

गएराति भएको खेलमा उल्भ्सलाई २–१ गोलले हराउँदै लिभरपुल शीर्ष स्थानमा पुगेको छ । जीतसँगै लिभरपुलको छ खेलमा १५ अङ्क भएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको समान छ खेलमा १४ अङ्क छ । सिटीले गएराति भएको खेलमा न्यूक्यासलसँग एक/एक गोलको बराबरी खेल्यो ।

त्यस्तै अर्को खेलमा चेल्सीले ब्राइटनलाई र आर्सनलले लेस्टर सिटीलाई ४–२ गोलले तथा एर्भटनले क्रिस्टल प्यालेसलाई २–१ गोलले र फुलहमले नटिङघम फरेस्टलाई १–० गोलले हराएको छ ।

तेस्रो स्थानमा रहेको आर्सनलको समान छ खेलमा १४ अङ्क छ । त्यस्तै चौथो स्थानमा रहेको चेल्सीको छ खेलमा १३ अङ्क छ । ब्रेन्टफोर्ड र वेस्टह्यामले एक/एक गोलको बराबरी खेलेका छन् ।

अन्तिम अपडेट: असोज १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया