काेशीमा पानीको बहाव घट्न थाल्याे

 असोज १३, २०८१ आइतबार १८:४:६ | रासस
unn.prixa.net

फाइल फाेटाे

सप्तरी – काेशी नदीमा पानीको बहाव घट्न थालेको छ । कोशी ब्यारेज नियन्त्रण कक्षले पानीको बहाव घट्दै गएको जनाएको हो । हिजो ६ लाख ६१ हजार क्युसेक बहाव पुगेको पानीको बहाव आज बिहानदेखि कम भएर भएको छ ।

अहिले ६ लाख ३५ हजार क्युसेक आसपास रहे पनि खतरा भन्ने उच्च नै रहेको छ । ब्यारेज पुलबाट आवतजावत अहिले पनि बन्द गरिएको छ ।

हिजो राति पानीको बहाव अत्यधिक बढेपछि कोशी ब्यारेज पुलमाथिबाट पानी बगेको थियो । बाढीको बहाव उच्च भएपछि सुनसरीतर्फ नहरका दुई र सप्तरीतर्फ नहरका दुई गरेर ५६ वटै ढोका खोलिएको थियो ।

बाढीले सुनसरी, सप्तरी र उदयपुरका केही क्षेत्र डुबानमा परेका छन् ।

अन्तिम अपडेट: असोज १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया