त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपालले ओमानलाई ३७ रनले हरायो

 असोज १४, २०८१ सोमबार ६:४०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – क्यानडामा भइरहेको त्रिदेशीय टि–ट्वान्टी शृङ्खलामा नेपालले ओमानलाई हराएको छ । किङ सिटीमा आज बिहान सकिएको खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको हो ।

नेपालले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको ओमान १९ ओभर एक बलमा एक सय ३९ रन बनाउँदै अल आउट भयो । ओमानका लागि सोयब खानले सर्वाधिक ४५ तथा रन बनाए । नेपालका करण केसीले तीन विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ७६ रन बनाएको थियो । नेपालका लागि गुलशन झाले नट आउट रहँदै सर्वाधिक ४० रन बनाए । ओमानका कप्तान अकिब इल्यासले तीन विकेट लिए ।

यो शृङ्खलाको पहिलो खेलमा अस्ति शनिवार नेपाल घरेलु टोलीसँग १४ रनले पराजित भएको थियो । नेपालले तेस्रो खेलमा भोलि क्यानडासँग र चौथो खेलमा पर्सि बुधवार फेरि ओमानसँग खेल्नेछ । 

अन्तिम अपडेट: असोज १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया