प्रिमियर लिग फुटबल : टोटनहमले म्यानचेस्टर युनाइटेडलाई ३–० गोलले हरायो

 असोज १४, २०८१ सोमबार ७:४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । गएराति भएको खेलमा टोटनहमले म्यानचेस्टर युनाइटेडलाई ३–० ले हराएको हो । टोटनहमका लागि ब्रेनन जोन्सन, डेजान कुलसेभ्स्की र डोमिनिक सोलोन्केले समान एक गोल गरे ।

जीतसँगै टोटनहम छ खेलमा १० अङ्कसहित आठाैँ स्थानमा उक्लिएको छ । छ खेलमा सात अङ्क रहेको म्यानचेस्टर युनाइटेड १२ औं स्थानमा छ ।

हिजै भएको अर्को खेलमा ईपस्विच टाउन र एस्टनभिल्लाले २–२ गोलको बराबरी खेलेका छन् । 

अन्तिम अपडेट: असोज १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया