इङ्ल्यान्डसँगको पाँच एकदिवशीय शृङ्खला अस्ट्रेलियाले जित्यो

 असोज १४, २०८१ सोमबार ७:३४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – इङ्ल्यान्डसँगको पाँच एकदिवशीय शृङ्खला अस्ट्रेलियाले ३–२ ले जितेको छ । यसअघि पहिलो र दोस्रो अस्ट्रेलियाले तथा तेस्रो र चौथो खेल घरेलु टोली इङ्ल्याण्डले जितेको थियो । हिजो भएको अन्तिम तथा निर्णायक खेल अस्ट्रेलियाले ४९ रनले डिएलएस पद्धतिमा जितेको हो ।

तीन सय १० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभर  चार बलमा दुई विकेट गुमाएर एक सय ६५ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । वर्षा नरोकिएपछि अस्ट्रेलिया डिएलएस पद्दतीमा विजयी भयो । अस्ट्रेलिया वर्षा अघि म्याथ्यु शर्टले सर्वाधिक ५८ रन बनाए । घरेलु टोलीका लागि बाइडोन कार्स र म्याथ्यु पोटले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको इङ्ल्यान्डले ४९ ओभर दुई बलमा अल आउट हुँदै तीन सय नौ रन बनाएको थियो । इङ्ल्यान्डका बेन डकेटले सर्वार्धिक एक सय सात रनको शतकीय इनिङ खेले । अस्ट्रेलियाका ट्राभिस हेडले चार विकेट लिए ।

अन्तिम अपडेट: असोज १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया