एभरेष्ट महिला भलिबल लिग आजदेखि

 असोज १४, २०८१ सोमबार ९:२१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एभरेस्ट महिला भलिबल लिग आजदेखि शुरु हुँदैछ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आजदेखि नेपालको पहिलो फ्रेन्चाइ लिग भलिबल शुरु हुन लागेको हो ।

यही असोज १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मधेस युनाइटेड, काठमाण्डौ स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, गण्डकी थन्डर्स, कर्णाली यस्विसले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा उच्चस्तरका विदेशी खेलाडीको सहभागिता रहने छ । यस लिगका लागि हरेक टोलीमा १२ खेलाडी छन् ।

उद्घाटन खेलमा आज दिउँसो पौने ४ बजे काठमाण्डौ स्पाइकर्सले ललितपुर क्विन्ससँग खेल्दैछ । आजै बेलुका पौने ६ बजे मधेश युनाइटेडसँग कर्णाली यस्भिस खेल्दैछ ।

यस्तै राति पौने ८ बजे चितवन शक्ति र  गण्डकी थन्डर्स पनि खेल्दैछन् । राउन्ड रोविन लिगका खेलपछि तालिकाको शीर्ष दुई टोलीबिच असोज १९ मा फाइनल खेल हुने छ । 

अन्तिम अपडेट: असोज १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया