प्रिमियर लिग फुटबलमा आज बोर्नमाउथ र साउथह्याम्प्टन खेल्दै

 असोज १४, २०८१ सोमबार १२:२०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज बोर्नमाउथ र साउथह्याम्प्टन खेल्दै छन् । खेल नेपाली समय अनुसार राति पानै १ बजे बोर्नेमाउथ मा डीन कोर्टमा हुनेछ । हिजो भएका खेलमा टोटनहमले म्यानचेस्टर युनाइटेडलाई ३–० गोलले हरायो ।

यस्तै ईपस्विच टाउन र एस्टन भिल्लाले २–२ गोलको बराबरी खेले । बोर्नमाउथ पाँच खेलबाट पाँच अङ्कसहित तालिकाको तेह्रौं स्थानमा छ । समान खेल खेलेको साउथह्याम्प्टन एक अङ्कसहित पुछारबाट दोश्रो स्थानमा छ । लिगको शीर्ष स्थानमा लिभरपुल, दोस्रो स्थानमा म्यानचेस्टर सिटी, तेस्रो स्थानमा आर्सनल र चौथो स्थानमा चेल्सी रहेको छ । 

अन्तिम अपडेट: असोज १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया