तीन वर्षपछि ‘बी’ डिभिजन लिग आउने माघमा हुँदै
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस क्लब र सङ्कटा क्लबबीचको खेल पर्सि बुधवार हुने भएको छ ।
यो खेल अस्ति हुने तालिका थियो तर प्राविधिक कारणवश स्थगित भएको खेल पर्सि हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । यो खेल दिउँसो ३ बजे ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा शुरू हुनेछ । एन्फा महिला लिगको पहिलो चरणको यो अन्तिम खेल हो ।
लिगमा १० वटा टोली सहभागी भएकामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, स्याङ्जाको वालिङ नगरपालिका र कोशी प्रदेश शीर्ष ५ मा रहँदै दोस्रो चरणमा पुगेका छन् । यस्तै बाग्मती युग क्लब, सङ्कटा क्लब, रौतहटको चन्द्रपुर नगरपालिका, कर्णाली प्रदेश र सुदूरपश्चिम बाहिरिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।