एभरेस्ट महिला भलिबल लिग : काठमाण्डौलाई हराउँदै ललितपुरको विजयी शुरुआत

 असोज १४, २०८१ सोमबार १८:३३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एभरेस्ट महिला भलिबल लिगमा काठमाण्डौ स्पाइकर्सलाई हराउँदै ललितपुर क्वीन्सले विजयी शुरुआत गरेको छ ।

त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको उद्घाटन खेलमा ललितपुरले काठमाण्डौलाई ३–१ को सेटमा हरायो । पहिलो सेट ललितपुरले २५–२० ले जित्यो । दोस्रो सेट काठमाण्डौले २५–२१ ले जित्यो । त्यसपछि ललितपुरले तेस्रो सेट २५–२१ र चौथो सेट २५–१९ ले जित्यो ।

प्रतियोगितामा आजै दोस्रो खेलमा मधेश युनाइटेड र कर्णाली यश्भिस खेल्दैछन् । यस्तै आजै तेस्रो खेलमा चितवन शक्ति र गण्डकी थन्डर्स खेल्दैछन् । प्रतियोगितामा ६ वटा टोली सहभागी छन् ।

आजदेखि शुरू भएको नेपालको पहिलो फ्रेन्चाइज भलिबल लिग आउँदो शनिवारसम्म चल्नेछ । यस लिगका लागि हरेक टोलीमा १२ खेलाडी छन् । राउन्ड रोबिन लिगका खेलपछि तालिकाको शीर्ष दुई टोलीबीच असोज १९ गते फाइनल खेल हुनेछ ।

तस्वीर : एभरेस्ट महिला भलिबल लिग

अन्तिम अपडेट: असोज १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया