एभरेस्ट महिला भलिबल लिग : चितवन शक्ति र कर्णाली यस्विसको विजयी सुरुवात

 असोज १५, २०८१ मंगलबार ७:४६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एभरेस्ट महिला भलिबल लिगमा चितवन शक्ति र कर्णाली यस्विसले विजयी सुरुवात गरेका छन् ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हिजोको तेस्रो खेलमा चितवनले पोखरा थन्डर्सलाई ३–१ को सेटमा पराजित गरेको हो । यस्तै हिजोको दोस्रो खेलमा कर्णालीले मधेशलाई  ३–१ को सेटमा हराएको हो । यसअघि हिजो भएको उद्घाटन खेलमा ललितपुर क्विन्सले काठमाण्डौ स्पाइकर्सलाई ३–१ को सेटमा हराएको थियो ।

आज कर्णाली र गण्डकी थन्डर्स, काठमाण्डौ र चितवन तथा मधेश र  ललितपुर खेल्दैछन् । नेपालको पहिलो फ्रेन्चाइज भलिबल लिगमा सहभागी ६ टोलीले एकअर्कासँग खेलेपछि अङ्क तालिकाका शीर्ष दुई टोलीले असोज १९ गते फाइनल खेल्नेछन् । 
 

अन्तिम अपडेट: असोज १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया