बङ्गलादेशसँगको टेस्ट शृङ्खलामा भारतको 'क्लिन स्वीप'

 असोज १५, २०८१ मंगलबार १५:१३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्रिकइन्फाे

काठमाण्डाै – बङ्गलादेशसँगको दुई खेलको टेस्ट क्रिकेट शृङ्खलामा भारतले ‘क्लिन स्वीप’ गरेको छ । दोस्रो टेस्टमा भारतले बङ्गलादेशलाई ७ विकेटले हरायो ।

बङ्गलादेशले दिएको ९५ रनको लक्ष्य भारतले पाँचौं दिनको खाना समयपछि ३ विकेट गुमाएर भेटायो । भारतका यशस्वी जैसवालले ५८ रन बनाए । बङ्गलादेशका मेहदी हसन मिराजले २ विकेट लिए ।

दोस्रो पारीमा बङ्गलादेश १ सय ४६ रनमा अल आउट भयो । बङ्गलादेशका शादमन इस्लामले ५० रन बनाए । भारतका जसप्रीत बुमराह, रविचन्द्रन अश्विन र रवीन्द्र जडेजाले समान ३ विकेट लिए ।

यसअघि कानपुरमा टस हारेर ब्याटिङ गरेको बङ्गलादेशले मोमिनुल हकको शतकमा पहिलो पारीमा २ सय ३३ रन बनायो । भारतका बुमराहले ३ तथा मोहम्मद सिराज, अश्विन र आकाश दीपले समान २ विकेट लिए । भारतले पहिलो पारीमा जैसवाल र केएल राहुलको अर्धशतकको मद्दतमा ९ विकेट गुमाएर २ सय ८५ रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो ।

दोस्रो पारीको ब्याटिङ गर्ने क्रममा भारतले टेस्ट क्रिकेटमा सबैभन्दा छिटो ५०, १ सय, १ सय ५०, २ सय र २ सय ५० रन बनाउने कीर्तिमान बनाएको थियो । दोस्रो टेस्टको दोस्रो र तेस्रो दिन वर्षा बाधक बने पनि भारतले खेल जित्यो । भारतले पहिलो टेस्ट २ सय ८० रनले जितेको थियो ।

अब भारत र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुनेछ ।

अन्तिम अपडेट: असोज १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया