कोशी प्रदेशबाट फेरि मौसम बदली शुरू, गण्डकीसम्मका केही ठाउँमा पानी पर्ने सम्भावना

 असोज १५, २०८१ मंगलबार १५:९:५६ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – कोशी प्रदेशबाट फेरि मौसम बदली शुरू भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश, बाग्मती र गण्डकी प्रदेशसम्म देखिने छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार कोशीदेखि गण्डकी प्रदेशसम्मका केही ठाउँमा पर्सिसम्म बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ  । विशेषगरी कोशी प्रदेशका धेरै ठाउँमा हल्का र मध्यम वर्षा हुनेछ । मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पनि पानी पर्नेछ ।

यस्तै सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा पानी पर्ने सम्भावना कम छ । तर ठूलो अनि लगातारको वर्षा भने नहुने माैसमविद् मानन्धरले बताउनुभयो । तर यसअघिको वर्षाले देशका सबै भू–भाग गलेको हुँदा थोरै पानी पर्दा पनि बाढी पहिरोको सम्भावना रहेको छ ।

अहिले देशभर मनसुनी वायुको प्रभाव कायमै छ । भारतको मध्य प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव पनि नेपालमा रहेको मानन्धरले बताउनुभयो ।

अन्तिम अपडेट: असोज १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया