विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेकाे छ : गृहमन्त्री लेखक

 असोज १५, २०८१ मंगलबार १५:११:३५ | रासस
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – गृहमन्त्री रमेश लेखकले बाढी पहिराेमा परी देशभर २ सय १८ जनाको ज्यान गएको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतकाे राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री लेखकले अझै २७ बेपत्ता रहेका र १ सय ४३ जना घाइते भएका जानकारी दिनुभएको छ । विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उहाँकाे जिकिर छ ।

गृहमन्त्री लेखकले घाइतेको निःशुल्क उपचार र पहिरोका कारण अवरुद्ध भएका मुख्य राजमार्ग र सहायक राजमार्ग खोलेर आवागमन सहज बनाउनेतर्फ सरकार केन्द्रित भएको जानकारी दिनुभयो । राहत सामग्री परिचालन र पुनर्स्थापनालाई प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समिति सक्रियतापूर्वक लागेका लेखकको दाबी छ ।

५० वर्षपछि ठूलाे वर्षा भएको जानकारी दिँदै गृहमन्त्रीले काठमाण्डाै उपत्यका र बाग्मती प्रदेश सबैभन्दा धेरै प्रभावित भएका बताउनुभयो । नेपाली सेनाका ३ हजार ९ सय ६ जना, नेपाल प्रहरीका १४ हजार ८ सय २ जना र सशस्त्र प्रहरीका १२ हजार २३ जना जनशक्ति विपद्पछि खोज र उद्धारमा खटिएका उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असोज १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया