टिम साउथीले न्युजिल्यान्ड टेस्ट टिमको कप्तानी छाडे

 असोज १६, २०८१ बुधबार १५:३३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : सामाजिक सञ्जाल

काठमाण्डाै – टिम साउथीले न्युजिल्यान्ड क्रिकेट टोलीको टेस्ट कप्तानबाट राजीनामा दिएका छन् ।

श्रीलङ्कासँगको दुई खेलको टेस्ट शृङ्खलामा ‘क्लिन स्वीप’ बेहोरेपछि साउथीले टेस्ट कप्तानी छोड्ने निर्णय लिएका हुन् । उनको ठाउँमा टम लाथमलाई कप्तान बनाइएको छ । लाथमले भारतमा हुने आउँदो शृङ्खलामा न्युजिल्यान्डको नेतृत्व गर्नेछन् ।

टिम साउथीले १४ टेस्टमा न्युजिल्यान्डको कप्तानी गरे । जसमा न्युजिल्यान्डले ६ खेल जित्दा ६ खेल हारेको छ । सन् २०२२ मा केन विलियमसनले कप्तानी छाडेपछि साउथीलाई कप्तान बनाइएको थियो । यो वर्ष उनको प्रदर्शन पनि त्यति राम्रो रहेन । उनले पछिल्लो ८ टेस्टमा मात्र १२ विकेट लिएका छन् ।

भारत र न्युजिल्यान्डबीचको तीन खेलको टेस्ट शृङ्खला आउँदो अक्टोबर १६ तारिखदेखि शुरू हुँदैछ ।

अन्तिम अपडेट: असोज १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया