दीपेन्द्रसिंह ऐरी टी–२० विश्व वरीयताको अलराउन्डरतर्फ दोस्रो स्थानमा

 असोज १६, २०८१ बुधबार १४:५६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउन्डरतर्फ दोस्रो स्थानमा उक्लिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्र ४ स्थान सुधार गर्दै दोस्रो स्थानमा आइपुगेका छन् । दीपेन्द्र करियरकै उत्कृष्ट वरीयतामा पुगेका हुन्, यसअघि उनी छैटौं स्थानमा थिए ।

यस्तै टी–२० अलराउन्डर वरीयतामा गुल्सन झा ११ स्थान सुधार गर्दै ५६ औं, कुशल भुर्तेल ६ स्थान सुधार गर्दै ६० औं स्थानमा आइपुगेका छन् । यो वरीयतामा इङ्गल्यान्डका लायम लिभिङ्गस्टोन शीर्ष स्थानमा यथावत् छन् ।

अन्तिम अपडेट: असोज २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया