बाग्मती नदीमा आएको बाढीका कारण बाग्मती करिडोर अहिले पनि हिलाम्मे

 असोज १६, २०८१ बुधबार १५:२५:३५ | रासस
unn.prixa.net

तस्वीर : रासस

ललितपुर – असोज ११ र १२ गतेको अविरल वर्षासँगै बाग्मती नदीमा आएको बाढीका कारण बाग्मती करिडोर अहिले पनि हिलाम्मे छ । ललितपुको धोबीघाट, बल्खु पुल, सानेपाको कालो पुल, यूएन पार्कलगायत ठाउँमा अहिलेसम्म हिलो छ । गाडी सञ्चालनमा आए पनि हिलो र धूलोका कारण बाग्मती करिडोरमा यात्रा असहज भएको यात्रुहरू बताउँछन् ।

बाग्मती करिडोरमा हिलो भएकाले गाडीको चाप कम त भएको छ तर यसको असर मुख्य सडकमा परेको छ । जसले गर्दा पहिलेभन्दा अहिले गाडी जाममा पर्ने गरेका छन् । वैकल्पिक यात्रा गर्ने बाग्मती करिडोर हिलाम्मे अवस्थामा भएका कारण यात्रामा असहज भएको मोटरसाइकलयात्री पवन बोहोराले बताउनुभयो ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले बाग्मती करिडोरको व्यवस्थापन गर्नुपर्ने ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष निर्मल तण्डुकार बताउनुहुन्छ । अहिले बाग्मती करिडोर छेउछाउका बासिन्दा बाढीका कारण घरभित्र छिरेको लेदो पन्छाउन, भिजेको कपडा सुकाउन जुटेका छन् ।

अन्तिम अपडेट: असोज १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया