सडककाे अवस्था बिग्रिएकाे भन्दै यातायात व्यवसायीले दशैँका लागि अग्रिम टिकट बुकिङ राेके

 असोज १६, २०८१ बुधबार १८:४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – यातायात व्यवसायीहरूले दशैँका लागि गाडीको अग्रिम टिकट बुकिङ रोकेका छन् । गएको शुक्रवारदेखि भएको अत्यधिक वर्षाका कारण काठमाण्डौ उपत्यका जोडिने प्रमुख सडकहरू अवरुद्ध भएकाले अहिलेका लागि टिकट बुकिङ रोकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो ।

यसअघि सरकार र व्यवसायीहरूको सहमतिमा असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्दै घटस्थापनादेखि पूर्णिमासम्मका लागि देशभर रुट अनुमति खुला गरिएको थियो । तर पछिल्लो विपद्ले यसअघिको योजनाअनुसार काम गर्न नसक्ने भएकाेले अग्रिम बुकिङ गर्ने काम रोकिएको सिटौलाले बताउनुभयो ।

काठमाण्डौ उपत्यकासँग जोडिने मुख्य सडकमध्ये अरनिको राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथ बन्द छन् । पृथ्वी राजमार्ग, त्रिभुवन राजपथ, मुग्लिङ–नारायणगढ, चन्द्रागिरि–चित्लाङ हुँदै हेटौँडा पुग्ने सडक खण्ड सञ्चालनमा रहे पनि जोखिम धेरै छ ।

बीपी राजमार्गमा मात्र अहिले झन्डै सात सय वटा गाडी अड्किएकोले ती गाडीलाई सहजै काठमाण्डौ ल्याउनु चुनौतीपूर्ण रहेको व्यवसायीहरू बताउँछन् । बीपी राजमार्ग खुलाउन खुर्कोट र धुलिखेल गरी दुई ठाउँबाट खोला डाइभर्सन बनाउने काम भइरहे पनि त्यो दशैँअघि पूरा हुनेमा सुनिश्चितता नरहेको सडक विभागले जनाएको छ । टिकट काटेका यात्रुलाई गन्तव्यमा पुर्‍याउने र सडककाे अवस्था हेरेर मात्रै थप निर्णय लिने व्यवसायीहरूले बताएका छन् ।

अन्तिम अपडेट: असोज १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया