एभेस्ट महिला भलिबल लिगमा कर्णालीले ललितपुरलाई सोझो सेटमा हरायो

 असोज १६, २०८१ बुधबार १८:२६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एभेस्ट महिला भलिबल लिगमा कर्णाली यश्विसले लगातार तेस्रो जीत हात पारेको छ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आज भएको खेलमा कर्णालीले ललितपुर क्वीन्सलाई ३–० को सोझो सेटमा हरायो । कर्णालीले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२२ र तेस्रो सेट २९–२७ ले जित्यो ।

प्रतियोगिताको दोस्रो खेलमा अहिले काठमाण्डौ स्पाइकर्स र गण्डकी थन्डर्स खेल्दैछन् । यस्तै आजको तेस्रो खेलमा राति पौने ८ बजे चितवन शक्ति र मधेश युनाइटेड खेल्दैछन् ।

नेपालको पहिलो फ्रेन्चाइज भलिबल लिगमा सहभागी ६ टोलीले एकअर्कासँग खेलेपछि अङ्क तालिकाका शीर्ष दुई टोलीले असोज १९ गते फाइनल खेल्नेछन् । प्रतियोगितामा फाइनल बाहेक हरेक दिन तीन खेल हुनेछ ।

तस्वीर : एभरेस्ट महिला भलिबल लिग

अन्तिम अपडेट: असोज १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया