नेपाल सम्मिलित त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि क्यानडाले जित्यो

 असोज १८, २०८१ शुक्रबार ६:५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्रिकेट क्यानडा

काठमाण्डाै – नेपाल सम्मिलित त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि क्यानडाले जितेको छ ।

गएराति भएको खेलमा ओमानलाई ५ विकेटले हराउँदै शीर्ष स्थानमा रहेर क्यानडाले त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि जितेको हो । ओमानले दिएको ८३ रनको लक्ष्य क्यानडाले १४ ओभर १ बलमा ५ विकेट गुमाएर भेटायो । क्यानडाका लागि निकोलस किर्ताेनले २० रन बनाए । ओमानका कलीमुल्लाह र अकिब इलियासले समान २ विकेट लिए ।

यसअघि क्यानडाको किङ्ग सिटीमा टस हारेर ब्याटिङ गरेको  ओमान १९ ओभर ४ बलमा ८२ रनमा अलआउट भयो । ओमानका अकिब इलियासले सबैभन्दा धेरै ३५ रन बनाए । क्यानडाका अखिल कुमार र प्रभीन कुमारले समान ३ विकेट लिए ।

त्रिदेशीय टी–२० शृङ्खलामा क्यानडाले ४ खेलमा ६ अङ्क जोड्दै शीर्ष स्थानमा रह्यो । नेपाल ४ खेलमा ४ अङ्कसहित दोस्रो र ओमान ४ खेलमा २ अङ्कसहित अन्तिममा रह्यो ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया