कर्णाली एभरेस्ट महिला भलिबल लिगकाे फाइनलमा

 असोज १८, २०८१ शुक्रबार ६:५२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : एभरेस्ट महिला लिग भलिबल

काठमाण्डाै – कर्णाली यश्विस लगातार चाैथाे जीतसहित एभरेस्ट महिला लिग भलिबलकाे फाइनलमा पुगेकाे छ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हिजाे भएकाे खेलमा कर्णालीले चितवन शक्तिलाई ३–२ काे सेटमा हरायाे । कर्णालीले दाेस्राे सेट २५–१८, चाैथाे सेट २५–१५ र पाँचाैं सेट १५–१३ जित्याे । चितवनले पहिलाे सेट २५–२० र तेस्राे सेट २५–२१ ले जित्याे ।

यस्तै हिजै भएकाे अर्काे खेलमा गण्डकी थन्डर्सले ललितपुर क्वीन्सलाई ३–२ काे सेटमा हरायाे । गण्डकीले दाेस्राे सेट २५–२३, तेस्राे सेट २५–१२ र पाँचाैं सेट १५–६ जित्याे । ललितपुरले पहिलाे सेट २९–२७ र चाैथाे सेट २५–१३ ले जित्याे ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया