एशिया रग्बीको पहिलो खेलमा नेपालको पुरुष र महिला टोली पराजित

 असोज १८, २०८१ शुक्रबार १५:४३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एशिया रग्बी र नेपाल रग्बी सङ्घको आयोजनामा आजदेखि शुरु भएको एशिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीको पहिलो खेलमा आयोजक नेपाल पराजित भएको छ । दशरथ रङ्गशालामा भएको पहिलो खेलमा पुरुषतर्फ नेपाल उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको हो ।

यस्तै पुरुषको अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५, कतारले साउदी अरेबियालाई ३९–७, श्रीलङ्काले काजकिस्तानलाई ४३–०, भारतले बङ्गलादेशलाई ३१–० को स्कोरमा पराजित गरेको छ ।

यसैगरी महिलातर्फ पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको छ । महिलातर्फको अर्को खेलमा उज्वेकिस्तानले ग्वामलाई १९–१२ को स्कोरमा पराजित गरेको छ ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ आयोजक नेपालसहित फिलिपिन्स, बहराइन, काजकिस्तान, अफगानिस्तान, उज्वेकिस्तान, पाकिस्तान, भारत, कतार, साउदी अरेबिया, जोर्डन, बङ्गलादेश, चाइनिज ताइपेई र श्रीलङ्का छन् ।

महिलातर्फ आयोजक नेपालसहित फिलिपिन्स, भारत, ग्वाम, श्रीलङ्का, इरान, उज्वेकिस्तान र इन्डोनेसिया रहेका छन् ।
 

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया