महिला टी–२० विश्वकपमा दक्षिण अफ्रिका र न्यूजिल्याण्डको विजयी सुरुवात

 असोज १९, २०८१ शनिबार ६:३४:७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका र न्यूजिल्याण्डले विजयी सुरुवात गरेका छन् । हिजो भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई १० विकेटले र न्यूजिल्याण्डले भारतलाई ५८ रनले हराउँदै विजयी सुरुवात गरेका हुन् ।

दुबईमा भएको खेलमा एक सय १९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १७ ओभर ५ बलमा विना विकेटको क्षतिमा भेट्टायो । उसका कप्तान लाउरा वोल्भार्ड्टले ५९ र ताजमिन ब्रिट्सले ५७ रन जोड्दै खेल जिताए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो ।

हिजो नै भएको अर्को खेलमा भारत न्यूजिल्याण्डसँग ५८ रनले पराजित भयो । टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ६० रन बनाएको थियो । जीतका लागि एक सय ६१ रनको लक्ष्य पछ्याएको भारत १९ ओभरमा एक सय २ रनमा समेटियो । अस्तिदेखि शुरू भएको प्रतियोगितामा बङ्गलादेश र पाकिस्तानले विजयी सुरुवात गरेका थिए । 

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया