एभरेस्ट महिला भलिबल लिगको उपाधिका लागि आज कर्णाली र ललितपुरले खेल्दै

 असोज १९, २०८१ शनिबार ७:२१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एभरेस्ट महिला भलिबल लिगको उपाधिका लागि आज कर्णाली र ललितपुरले खेल्ने भएका छन् । लिगमा कर्णाली यश्विज अपराजित रहँदा ललितपुर क्विन्स पनि फाइनलमा पुग्यो ।

गएराति भएको लिगको अन्तिम खेलमा कर्णालीले काठमाण्डौ स्पाइकर्सलाई ३–१ ले पराजित गरेपछि फाइनल समिकरण बनेको हो । कर्णाली यसअघि नै फाइनलमा पुगिसकेको थियो । ललितपुरले हिजो भएको खेलमा चितवन शक्तिलाई हराउँदै दोस्रो स्थानमा पुगेको थियो ।

कर्णालीको ५ खेलमा १३ अङ्क तथा दोस्रो स्थानमा रहेको ललितपुरको समान ५ खेलमा १० अङ्क रह्यो । काठमाण्डौ भने ९अङ्कसहित तेस्रो स्थानमा रहँदा फाइनल खेल्न पाएन ।

कर्णाली र ललितपुरबीचको फाइनल खेल आज बेलुका साढे ५ बजे दशरथ रङ्गशालाको कभर्ड हलमा हुनेछ ।

तस्वीर : एभरेस्ट महिला भलिबल लिग

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया