मिथिलाञ्चलको गाउँगाउँमा झिझिया नाचको रौनक

 असोज १९, २०८१ शनिबार ७:४३:२३ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

महोत्तरी – नेपाल र भारतको क्षेत्रमा पर्ने मिथिलाञ्चल क्षेत्रमा बनाइएको दुर्गा भवानीको प्रतिमा अगाडि झिझिया नृत्यको रौनक बढेको छ । मिथिलाको हरेक गाउँगाउँमा अहिले रातिको बेला झिझिया नृत्यको रौनक देख्न सकिन्छ ।

अस्ति दशैँ शुरू भएसँगै महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा पर्सासहितको तराई–मधेसका सबै जिल्ला तथा भारतको सीतामढी र मधुबनी जिल्लासहित मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक छाएको हो । सुख, समृद्धि र पारिवारिक सुरक्षाको लोक अनुष्ठानको रूपमा झिझिया नृत्य हुने गर्छ ।

यस नृत्यमा पूर्णरूपमा तांन्त्रिक विधिअनुसार घटस्थापनादेखि दशमीसम्म देवी दुर्गा स्तुतिको लोक परम्परामा आधारित लोक नृत्य प्रस्तुत गरिन्छ । आफ्ना शाखा सन्तान, परिवारको सुस्वास्थ्य र दीर्घजीवनको कामना यस नृत्यको पृष्ठभूमिमा रहेको छ ।

झिझिया लोकनृत्य सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा क्षेत्रलगायत भारतीय क्षेत्र बेनीपट्टि, मधुवनी, जयनगर, सीतामढी, सहरसा लगायत क्षेत्रमा पनि प्रस्तुत गरिन्छ । 
 

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया