इटालीमा हुने विश्व कराते च्याम्पियनशिपमा एरिकाले प्रतिस्पर्धा गर्ने

 असोज १९, २०८१ शनिबार १०:१०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एरिका गुरुङले इटालीमा हुने १३ औँ विश्व कराते च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्ने भएकी छिन् । आउँदो असोज २३ देखि २७ गतेसम्म इटालीको भेनिसमा हुने प्रतियोगितामा नेपालको एकल प्रतिनिधित्व गर्दै एरिका सहभागी हुन लागेकी हुन् ।

एरिकाले २१ वर्ष मुनीको उमेर समूहको महिलातर्फ ६८ केजीमाथि तौल समूहमा यही असोज २३ गते प्रतिस्पर्धा गर्नेछिन् । प्रतिस्पर्धाको सेमिफाइनल र फाइनल असोज २७ गते हुनेछ ।

क्याडेट र जुनियरको पनि प्रतिस्पर्धा हुने प्रतियोगितामा एक सय १३ देशका एक हजार नौ सय ९५ खेलाडीको सहभागिता रहने नेपाली टोलीका प्रशिक्षक समेत रहेका १० औँ दक्षिण एशियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता कुशल श्रेष्ठले जानकारी दिनुभयो ।

एरिकाको यो छैटौँ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । विगतका पाँचवटा अन्तर्राष्ट्रिय प्रतियोगितामा एरिकाले नेपाललाई कुल आठ पदक दिलाएकी छन् । त्यसमा चार स्वर्ण, तीन रजत र एक कांस्य पदक छ । एरिकाले यो सफलता एक वर्षमा हासिल गरेकी हुन् ।

एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १० औँ विश्व सितोरियो कराते च्याम्पियनशिपमा स्वर्ण र कांस्य जितेकी थिइन् ।

त्यस्तै, एरिकाले १९ औँ एसियाली खेलकुदमा रजत, अमेरिकाको टेक्सासमा भएको यूएस ओपन करातेमा स्वर्ण र रजत, भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एशियाली कराते च्याम्पियनशिपमा दुई स्वर्ण र चीनको हाङझावमा भएको २० औँ एशियाली सिनियर कराते च्याम्पियनशिपमा रजत पद जितेकी थिइन ।

प्रतियोगितामा सहभागी हुने एरिकासहित चार सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङले हिजो बिदाई गर्नुभयो । इटाली जाने टोलीमा एरिकासँगै तारा गुरुङ र सन्तोष श्रेष्ठ रहेका छन् । 

तस्वीर : राष्ट्रिय खेलकुद परिषद् (राखेप)

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया