पूरन, रसेलसहितका खेलाडीलाई बाहिर राखेर श्रीलङ्का भ्रमणका लागि वेस्ट इन्डिजको टोली घोषणा

 असोज १९, २०८१ शनिबार १५:१६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्रिकइन्फाे

काठमाण्डाै – श्रीलङ्कासँगको टी–२० र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि वेस्ट इन्डिजको टोली घोषणा भएको छ ।

वेस्ट इन्डिजको टोलीमा निकोलस पूरन, आन्द्रे रसेल, अकेल होसन र शिमरन हेटमायर जस्ता सिनियर खेलाडी अटाएका छैनन् । व्यक्तिगत कारण उनीहरू टोलीमा नपरेका वेस्ट इन्डिज क्रिकेट बोर्डले जनाएको छ ।

वेस्ट इन्डिजको टी–२० टोलीमा इभिन लेविस, ब्रान्डन किङ फर्किएका छन् भने अलराउन्डर टेरेन्स हिन्ड्स र शामर स्प्रिङ्गरले पहिलो पटक मौका पाएका छन् । रोभम्यान पावेलले नेतृत्व गर्ने टोलीमा अल्जारी जोसेफ, रोस्टन चेस पनि छन् ।

यस्तै एकदिवसीय टोलीमा १७ वर्षीय विकेटकीपर ब्याटर जेवेल एन्ड्रियु, ब्रान्डन किङ, शेरफान रथरफोर्ड छन् । यो टोलीको नेतृत्व शाई होपले गर्नेछन् ।

वेस्ट इन्डिज र घरेलु टोली श्रीलङ्काबीचको टी–२० र एकदिवसीय शृङ्खला यही अक्टोबर १३ देखि अक्टोबर २६ सम्म हुँदैछ ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया