काभ्रेका बाढी पहिरो पीडितलाई सरकारी राहत प्रदान गर्न टोली परिचालन

 असोज १९, २०८१ शनिबार १५:६:३२ | रासस
unn.prixa.net

काभ्रे – गएको हप्ता बाढी पहिरोबाट क्षति भोगेका काभ्रेका पीडितहरूलाई राहत रकम उपलब्ध गराउन टोली परिचालन भएको छ । काभ्रेका पाँच वटा पालिकामा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई सङ्घीय सरकारले दिने राहत रकम उपलब्ध गराउन टोली परिचालन गरेको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।

सबैभन्दा बढी मृतक सङ्ख्या रहेको पनौती नगरपालिका, बेथानचोक गाउँपालिका, रोशी गाउँपालिका, नमोबुद्ध नगरपालिका र मण्डनदेउपुर नगरपालिका गरी पाँच पालिकामा टोली खटिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । पीडित परिवारलाई दुःख नदिने उद्देश्यका साथ सकेसम्म मृतकका घरमै पुग्ने र कठिन अवस्थामा वडा कार्यालयसम्म पुगेर भए पनि राहत रकम प्रदान गर्ने गरी टोली परिचालित गरिएको उहाँले बताउनुभयो ।

मृतक प्रति व्यक्तिले सङ्घीय सरकारबाट दुई लाख रुपैयाँ नगद राहत पाउनेछन् । परिवारमा एकभन्दा बढी मृतकको हकमा दुई लाखमा थप प्रति मृतक एक लाख थपिने प्रशासन कार्यालयले जनाएको छ ।

गएको ११ गतेपछि बाढी पहिरोका कारण काभ्रेका १० वटा पालिकामा गरी ७२ जनाले ज्यान गुमाएका छन् । पाँच जना अझै बेपत्ता रहेका जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया