कान्ति लोकपथ आजदेखि सञ्चालनमा

 असोज २२, २०८१ मंगलबार ११:३९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बाढी पहिरोले ठप्प रहेको कान्ति लोकपथ आजदेखि सञ्चालनमा आएको छ । बाग्मती पुलको पहुँचमार्ग र क्षतिग्रस्त सडक पुनर्निर्माण गरेपछि आजदेखि गाडी सञ्चालनमा आएको हो । १०  दिनदेखि बन्द रहेको सडक आज बिहानदेखि खुले पनि दिउँसोदेखि मात्र व्यवस्थित रूपमा गाडी गुड्न थाल्ने कान्ति लोकपथ आयोजनाका इन्जिनियरले बताएका छन् ।

नेपाली सेना चार दिनदेखि त्यहाँको पुलको पहुँचमार्ग र क्षतिग्रस्त पुनर्निर्माण गर्न खटिएको थियो । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले कान्ति लोकपथ र बाग्मती पुल क्षतिग्रस्त बनाएको थियो ।

कान्ति लोकपथ सञ्चालन आएसँगै हेटौँडा र काठमाण्डौलाई जोड्ने सबै सडक सञ्चालनमा आएका छन् । हेटौँडा–काठमाण्डौ जोड्ने छोटो दूरीका हेटौँडा–फाखेल–काठमाण्डौ, हेटौँडा–कुलेखानी–चखेल–मातातीर्थ, हेटौँडा–कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरि–काठमाण्डौ सडक यसअघि नै सञ्चालनमा आएका छन् ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया