कान्ति राजमार्ग भोलि बिहानसम्म पूर्णरूपमा सञ्चालनमा आउने, स्थायी डाइभर्सनका रूपमा खाेलिँदै

 असोज २२, २०८१ मंगलबार १५:५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पहिरोले अवरुद्ध भएको कान्ति राजमार्ग भोलि बिहानसम्म पूर्णरूपमा सञ्चालनमा आउने भएको छ । ललितपुर र मकवानपुरको सीमा बगुवामा रहेको बाग्मती नदीको पुलको आधा भाग बाढीले बगाएपछि दुई हप्तादेखि सडक बन्द थियो । आज बिहानदेखि साना गाडीहरू एकतर्फी रूपमा चलाउन मिल्ने गरी खुलेको सडक भोलिदेखि पूर्णरूपमा खुल्ने आयोजनाले जनाएको छ ।

आज  ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का सांसद उदयशम्शेर जबरासहितको प्रदेश र पालिकाका जनप्रतिनिधिहरूको टोलीले बाढी प्रभावित सडकको अनुगमन गरेको छ ।

कान्ति राजमार्गका इन्जिनियर सीताराम बुढाथोकीले सडक विभाग र नेपाली सेनाको सहयोगमा सडक खुलाउने काम भइरहेको र भोलि बिहानसम्म पूर्णरूपमा सडक सञ्चालन गरिसक्ने बताउनुभयो । बाढीका कारण पुल, सडक र पुलको निर्माणका लागि राखिएको पाइल ड्राइभिङ लगायत अन्य मेशिनहरू र ८० टनको रेन्सफोर्समेन्टहरू पनि बगाएको इन्जिनियर बुढाथोकीले बताउनुभयो । अहिले अस्थायी डाइभर्सनका रूपमा सडक खोल्ने प्रयासमा रहेको उहाँको भनाइ छ ।

सडक विभाग र नेपाली सेनाको सहयोगमा काम भइरहेको छ । सांसद राणाले अहिले पुलमा साना गाडीहरू चलाउनसक्ने बनाइएको जानकारी दिनुभयो । टीकाभैरव, देवीचौर घुसेल क्षेत्रमा पनि सडक खुलाउन आफू लागिपरेको राणाको भनाइ छ । ललितपुर निर्वाचन क्षेत्र नम्बर १ मा पूर्ण क्षति भएका घर ६ सयदेखि ८ सय वटा रहेको अनुमान गरेको उहाँले बताउनुभएको छ ।

काठमाण्डौबाट हेटौँडा जोड्ने अरू सडक यसअघि नै सञ्चालनमा आइसकेका छन् ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया