पदयात्राका क्रममा पोल्यान्डका नागरिककाे ज्यान गयाे

 असोज २२, २०८१ मंगलबार १५:१५:५ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

रसुवा – हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोटको सिमानामा रहेको सूर्यकुण्ड आसपास क्षेत्रमा पोल्यान्डकी २३ वर्षीया सोविन्का अग्निएस्ज्काको ज्यान गएको छ । रसुवा जिल्ला प्रहरी प्रमुख केशव भट्टराईका अनुसार उनको सूर्यकुण्ड आसपास क्षेत्रमा गएराति ज्यान गएको हो ।

नेपाली सेनाको श्रीनाथ गण र रसुवा प्रहरीको सहयोगमा सोविन्काको शव गोसाईंकुण्ड ल्याएर आज बिहान हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौ पठाइएको छ ।

थप अनुसन्धानका लागि स्थलगत रूपमा जनशक्ति परिचालन गरिएको जानकारी दिँदै प्रहरी प्रमुख केशव भट्टराईले लेक लागेर वा अन्य कारणले ज्यान गएको हो भन्ने विषयमा शव परीक्षण प्रतिवेदनपछि मात्र थाहा हुने बताउनुभयो ।

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया