महिला टी–२० विश्वकपमा भारत र श्रीलङ्का तथा दक्षिण अफ्रिका र स्कटल्यान्ड खेल्दै

 असोज २३, २०८१ बुधबार ९:२७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : आईसीसी

काठमाण्डाै – आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज भारत र श्रीलङ्का तथा स्कटल्यान्ड र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ ।

समूह 'ए' का भारत र श्रीलङ्काबीचको खेल दुबईमा नेपाली समयअनुसार राति पौने ८ बजे शुरू हुनेछ । भारत पहिलाे खेलमा न्युजिल्यान्डसँग ५८ रनले पराजित हुँदा दोस्रो खेलमा पाकिस्तानलाई ६ विकेटले हराएको थियो । श्रीलङ्का पहिलो खेलमा पाकिस्तानसँग ३१ रनले र दाेस्राे खेलमा अस्ट्रेलियासँग ६ विकेटले पराजित भएको थियो ।

यस्तै आजकाे पहिलाे खेलमा पाैने ४ बजे दुबईमा समूह 'बी' का दक्षिण अफ्रिका र स्कटल्यान्ड खेल्दैछन् । दक्षिण अफ्रिकाले पहिलो खेलमा वेस्ट इन्डिजलाई १० विकेट हराउँदा दोस्रो खेलमा इङ्गल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । स्कटल्यान्ड उद्घाटन खेलमा बङ्गलादेशसँग १६ रन र दोस्रो खेलमा वेस्ट इन्डिजसँग ६ विकेटले पराजित भएको थियो ।

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा गएराति भएको खेलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ६० रनले हराएकाे छ ।

प्रतियाेगिताकाे समूह 'ए' मा अस्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलङ्का र न्युजिल्यान्ड छन् । समूह 'बी' मा दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बङ्गलादेश, स्कटल्यान्ड र इङ्ग्ल्यान्ड छन् । समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया