डेङ्गीबाट गण्डकीमा अहिलेसम्म ७ जनाको ज्यान गयो, सबैभन्दा धेरै सङ्क्रमित कास्कीमा

 असोज २३, २०८१ बुधबार ११:५९:५५ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्वीर

कास्की – डेङ्गी सङ्क्रमणबाट गण्डकी प्रदेशमा अहिलेसम्म सात जनाको ज्यान  गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार डेङ्गीका कारण गएको साउनयता गण्डकीमा तीन पुरुष र चार महिला गरी सात जनाको ज्यान  गएको हो ।

सन् २०२४ जनवरीयता गण्डकीमा १२ हजार सात सय २६ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको मन्त्रालयलका सूचना अधिकारी एवम् वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश राजधानीसमेत रहेको कास्कीको पोखरा डेङ्गी सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको छ । पोखरा महानगरपालिकामा मात्रै अहिलेसम्म ६ हजार चार सय ५२ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । तथ्याङ्कअनुसार सबैभन्दा बढी कास्कीमा ६ हजार पाँच सय ४८ र सबैभन्दा कम मनाङमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो ।

कात्तिक महिनाभरि डेङ्गी सङ्क्रमणको बढी जोखिम रहेकाले सचेत हुन मन्त्रालयले आग्रह गरेको छ । चाडपर्वको समयमा एक ठाउँबाट अर्को ठाउँमा जाने मानिसहरूको चहलपहल धेरै हुने भएकाले पनि डेङ्गी अझै फैलिनसक्ने डाक्टरहरूले बताएका छन् ।

डेङ्गीको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुडा आदिमा जम्मा भएको पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने डाक्टरहरूको सुझाव छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया