एक बोतल पानी सय रुपैयाँमा बेच्ने रेस्टुरेन्टलाई २ लाख जरीमाना

 असोज २३, २०८१ बुधबार १५:१०:४० | रासस
unn.prixa.net

प्रतीकात्मक तस्वीर

कास्की – तोकिएको अधिकतम खुद्रा मूल्य (एमआरपी) २० रुपैयाँको पानीको बोतल एक सय रुपैयाँमा बेच्ने कास्कीको पोखरा महानगरपालिका–६ बैदाममा रहेको द वल्र्ड लान हुआ रेस्टुरेन्ट एन्ड बारलाई जिल्ला प्रशासन कार्यालयले दुई लाख रुपैयाँ जरीमाना तिराएको छ ।

पानी प्रशोधक कम्पनीले तोकेको अधिकतम मूल्यभन्दा बढीमा बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐनबमोजिम रेस्टुरेन्टलाई कारबाही गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताउनुभयो ।

पाेखरा–६ बैदामकै एक जना ग्राहकले २० रुपैयाँ पर्ने एक बोतल मिनरल वाटरलाई एक सय रुपैयाँ तिरेको बिलसहित प्रशासनमा गुनासो गर्नुभएको थियो ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया