महिला टी–२० विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र पाकिस्तान खेल्दै

 असोज २५, २०८१ शुक्रबार १२:३०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र पाकिस्तान खेल्दैछन् । समूह ‘ए’ का अस्ट्रेलिया र पाकिस्तानबीचको खेल दुबईमा नेपाली समयअनुसार राति पौने ८ बजे शुरू हुनेछ ।

अस्ट्रेलियाले पहिलो खेलमा श्रीलङ्कालाई छ विकेटले र दोश्रो खेलमा न्युजिल्यान्डलाई ६० रनले पराजित गरेको थियो । पाकिस्तानले पहिलो खेलमा श्रीलङ्कालाई ३१ रनले हराउँदा दोस्रो खेलमा भारतसँग छ विकेटले पराजित भएको थियो । महिला टी–२० विश्वकप क्रिकेटमा गएराति भएको खेलमा वेस्ट इन्डिजले बङ्गलादेशलाई आठ विकेटले हराएको छ ।

प्रतियोगिताको समूह ‘ए’ मा अस्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलङ्का र न्युजिल्यान्ड छन् । समूह ‘बी’ मा दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बङ्गलादेश, स्कटल्यान्ड र इङ्ल्यान्ड छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

अन्तिम अपडेट: असोज २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया