पहिलो टेष्टमा इंग्ल्याण्डले पाकिस्तानलाई एक पारी र ४७ रनले हरायो

 असोज २५, २०८१ शुक्रबार १५:५९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पाकिस्तानसँगको पहिलो टेष्ट क्रिकेट इंग्ल्याण्डले एक पारी र ४७ रनले जितेको छ । यससँगै पहिलो पारीमा पाँच सय भन्दा धेरै रन बनाएर पनि इनिङसले खेल हार्ने पाकिस्तान पहिलो टिम बनेको छ । टेस्ट क्रिकेटको इतिहासमा कुनै पनि टिमले पहिलो पारीमा पाँच सय भन्दा बढी रन बनाएपछि इनिङ्सले खेल हारेका छैनन् ।

मुल्तानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली पाकिस्तानले पहिलो पारीमा ५ सय ५६ रन बनाएको थियो । उसका तीन जना ब्याटरले शतक हानेका थिए । जवाफी ब्याटिङ गरेको इंग्ल्याण्डले ८ सय २३ रन बनायो । उसका जोय रुटले दोहोरो शतक र ह्यारी ब्रुकले तेहेरो शतक बनाएका थिए ।

पहिलो पारीमा २ सय ६७ रनले पछि परेको पाकिस्तान आज पाँचौँ दिनको खाना समय अघि नै दुई सय २० रन बनाउँदा अलआउट भयो । उसका सलमान अघाले सर्वाधिक ६३ रन बनाए । इंग्ल्याण्डका ज्याक लिचले चार विकेट लिए । अब दोस्रो टेस्ट १५ अक्टोबरदेखि मुल्तानमा र तेस्रो तथा अन्तिम टेस्ट २४ अक्टोबरदेखि रावलपिन्डीमा हुनेछ ।

अन्तिम अपडेट: असोज २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया