काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिप : नेपालले तुर्कमेनिस्तानलाई हरायो

 असोज २५, २०८१ शुक्रबार १८:५२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले तुर्कमेनिस्तानलाई हराएको छ । श्रीलङ्काको कोलम्बोमा भएको खेलमा नेपालले तुर्कमेनिस्तानलाई ३–० को सोझो सेटमा हराएको हो । यो खेल नेपालको लिग चरणको पाँचौ तथा अन्तिम खेल हो ।

यो प्रतियोगितामा नेपाल उज्वेकिस्तान र किर्गिस्तानसँग पराजित भएको छ भने माल्दिभ्स, श्रीलङ्का र तुर्कमेनिस्तानलाई हराएको छ । आजको नतिजाले नेपाल फाइनलमा पुग्ने सम्भावना कायमै छ ।

प्रतियोगितामा नेपालसहित आयोजक श्रीलङ्का, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तान गरी ६ वटा क्षेत्रीय टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको शीर्ष दुई टोलीबीच भोलि शनिवार फाइनल खेल हुनेछ ।

अन्तिम अपडेट: असोज २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया