महिला टी–२० विश्वकप क्रिकेट : न्युजिल्यान्ड र श्रीलङ्का तथा बङ्गलादेश र दक्षिण अफ्रिका खेल्दै

 असोज २६, २०८१ शनिबार ११:५४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : आईसीसी

काठमाण्डौ – आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज न्युजिल्यान्ड र श्रीलङ्का तथा बङ्गलादेश र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ ।

समूह ‘ए’ का न्युजिल्यान्ड र श्रीलङ्काबीचको पहिलो खेल शारजाहमा नेपाली समयअनुसार दिउँसो पानै ४ बजे शुरु हुनेछ । न्युजिल्यान्ड पहिलो खेलमा भारतलाई ५८ रनले हराउँदा दोश्रो खेलमा अस्ट्रेलियासँग ६० रनले पराजित भयो । श्रीलङ्का पहिलो खेलमा पाकिस्तानसँग ३१ रनले, दोस्रो खेलमा अस्ट्रेलियासँग ६ विकेटले र तेश्रो खेलमा भारतसँग ८२ रनले पराजित भएको थियो ।

यस्तै आजको दोश्रो खेलमा नेपाली समयअनुसार पानै ८ बजे दुबईमा समूह ‘बी’ का बङ्गलादेश र दक्षिण अफ्रिका खेल्दैछन् । बङ्गलादेश पहिलो खेलमा स्कटल्यान्डलाई १६ रनले हराउँदा इङ्ल्यान्डसँग २१ रनले र वेस्ट इन्डिजसँग ८ विकेटले पराजित भएको थियो ।

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा गएराति भएको खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई नौ विकेटले हराएको छ । प्रतियोगिताको समूह ‘ए’ मा अस्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलङ्का र न्युजिल्यान्ड छन् ।

समूह ‘बी’ मा दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बङ्गलादेश, स्कटल्यान्ड र इङ्ग्ल्यान्ड छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

अन्तिम अपडेट: असोज २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया