काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिप : उपाधि जित्न चुक्यो नेपाल

 असोज २६, २०८१ शनिबार १८:५१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपको उपाधि जित्न नेपाल असफल भएको छ । श्रीलङ्काको कोलम्बोमा भएको फाइलनमा नेपाल उज्वेकिस्तानसँग पराजित भएसँगै उपाधि जित्न असफल भएको हो । नेपाल उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित भयो ।

पहिलो सेट जितेको नेपालले त्यसपछिका तीन वटा सेटमा लगातार हार बेहोर्‍यो । हिजोको खेलमा नेपालले तुर्कमेनिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो । तुर्कमेनिस्तानसँग समान अङ्क भए पनि सेटको जीतका आधारमा नेपाल फाइनलमा पुगेको हो । उज्वेकिस्तान समूह चरणका सबै पाँच खेल जितेर शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो । 
 

अन्तिम अपडेट: असोज २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया