महिला टी–२० विश्वकप क्रिकेटमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका विजयी

 असोज २७, २०८१ आइतबार ६:५५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा हिजो भएका खेलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका विजयी भएका छन् । समूह ‘बी’ को खेलमा न्युजिल्यान्डले श्रीलङ्कालाई आठ विकेटले हरायो ।

श्रीलङ्काले दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले दुई विकेट गुमाएर १७ ओभर तीन बलमा भेट्टायो । त्यसअघि शारजाहमा टस जितेर पहिले व्याटिङ गरेको श्रीलङ्काले पाँच विकेट गुमाएर एक सय १५ रन बनाएको थियो ।

यस्तै हिजै भएको समूह ‘बी’ को अर्को खेलमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई सात विकेटले हराएको छ । बङ्गलादेशले दिएको एक सय सात रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले तीन विकेट गुमाएर भेट्टायो ।

त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको बङ्गलादेशले तीन विकेट गुमाएर एक सय छ रन बनाएको थियो । महिला टी–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदेछन् । आज इङ्ल्यान्ड र स्कटल्यान्ड तथा अस्ट्रेलिया र भारतबीच खेल हुँदैछ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया