महिला टी–२० विश्वकप क्रिकेट : इङ्ल्यान्ड र स्कटल्यान्ड तथा अस्ट्रेलिया र भारत खेल्दै

 असोज २७, २०८१ आइतबार १२:४२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा इङ्ल्यान्ड र स्कटल्यान्ड तथा दोस्रो खेलमा अस्ट्रेलिया र भारतबीच खेल हुनेछ ।

समूह ‘बी’ का इङ्ल्यान्ड र स्कटल्यान्डको खेल शारजाहमा नेपाली समयअनुसार दिउँसो पानै ४ बजे शुरु हुनेछ । इङ्ल्यान्डले पहिलो खेलमा बङ्गलादशेलाई २१ रनले र दोश्रो खेलमा दक्षिण अफ्रिकालाई सात विकेटले हराएको थियो । स्कटल्यान्ड पहिलो खेलमा बङ्गलादेशसँग १६ रन, वेस्ट इन्डिजसँग छ विकेट र दक्षिण अफ्रिकासँग ८० रनले पराजित भएको थियो ।

समूह ‘ए’ का अस्ट्रेलिया र भारतको खेल नेपाली समयअनुसार राति पौने ८ बजे शारजाहमा हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा श्रीलङ्गालाई छ विकेट, न्युजिल्यान्डलाई ६० रन र पाकिस्तानलाई नाै विकेटले हराएको थियो । भारत पहिलो खेलमा न्युजिल्यान्डसँग ५८ रनले पराजित हुँदा पाकिस्तानलाई छ विकेटले र श्रीलङ्कालाई ८२ रनले पराजित गरेको थियो ।

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा गएराति भएका खेलमा न्युजिल्यान्डले श्रीलङ्कालाई आठ विकेटले र दक्षिण अफ्रिकाले बङ्गलादेशलाई सात विकेटले हराएको थियो ।

प्रतियोगिताको समूह ‘ए’ मा अस्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलङ्का र न्युजिल्यान्ड छन् । समूह ‘बी’ मा दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बङ्गलादेश, स्कटल्यान्ड र इङ्ग्ल्यान्ड छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया