महिला टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले भारतलाई ९ रनले हरायो

 असोज २८, २०८१ सोमबार ७:२७:० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा हिजो भएका खेलमा अस्ट्रेलिया र इङ्ल्यान्ड विजयी भएका छन् । समूह ‘ए’ को खेलमा अस्ट्रेलियाले भारतलाई नौ रनले हरायो ।

अस्ट्रेलियाले दिएको एक सय ५२ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४२ रन मात्र बनाउन सक्यो । त्यसअघि शारजाहमा टस जितेर पहिला व्याटिङ गरेको अस्ट्रेलियाले आठ विकेट गुमाएर एक सय ५१ रन बनाएको थियो ।

यस्तै हिजो नै भएको समूह ‘बी’ को अर्को खेलमा इङ्ल्यान्डले स्कटल्यान्डलाई १० विकेटले हराएको छ । स्कटल्यान्डले दिएको एक सय १० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले कुनै पनि विकेट नगुमाई १० ओभरमा लक्ष्य भेट्टायो । महिला टी–२० विश्वकप क्रिकेटमा आज न्युजिल्यान्ड र पाकिस्तानबीच खेल हुँदैछ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया