श्रीलङ्कासँगको पहिलो टी–२० मा वेस्ट इन्डिज ५ विकेटले विजयी

 असोज २८, २०८१ सोमबार ८:५१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – श्रीलङ्कासँगको पहिलो टी–२० मा वेस्ट इन्डिज पाँच विकेटले विजयी भएको छ । घरेलु टोली श्रीलङ्काले दिएको एक सय ८० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९ ओभर एक बलमा पाँच विकेट गुमाएर भेट्टायो । वेस्ट इन्डिजको जीतमा ओपनर ब्रान्डन किङले सर्वाधिक ६३ र इभिन लुईसले ५० रन बनाए । श्रीलङ्काका माथीशा पाथिरानाले दुई विकेट लिए ।

त्यसअघि दम्बुल्लामा टस हारेर पहिला व्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७९ रन बनाएको थियो । उसका कप्तान चारिथ असालान्काले ५९ र कामिन्दु मेन्डिसले ५१ रन बनाए । वेस्ट इन्डिजका रोमारियो शेफर्डले दुई विकेट लिए ।

यो जीतसँगै तीन खेलको टी–२० शृङ्खलामा वेस्ट इन्डिजले १–० को अग्रता बनाएको छ । अब यी दुई देशबीचको दोश्रो खेल भोलि र तेश्रो तथा अन्तिम टी–२० खेल आउँदो बिहिवार हुनेछ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया