महिला साफ च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

 असोज २९, २०८१ मंगलबार ९:५१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डौ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले महिला साफ च्याम्पियनशिपका लागि खेल्ने महिला राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । एन्फाले हिजो २३ सदस्यीय टिमको घोषणा गरेको हो ।

एन्फाले घोषणा गरेको टोलीमा कप्तान अन्जिला तुम्बापो सुब्बा , अञ्जना राना मगर, उषा नाथ, गीता राणा, अमृता जैसी, समिक्षा घिमिरे, निशा थोकर, पूजा राणा, विमला विक,हिरा कुमारी भुजेल र सजनी थोकर  छन् ।

यस्तै रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत,अमिषा कार्की र विमला चौधरी पनि सहभागी छन् । यसैगरी रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र  सावित्रा भण्डारी टोलीमा छन् ।

साफ महिला फुटबल च्याम्पियनशिप पर्सि विहिवारदेखि काठमाण्डौमा हुँदै छ । प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स र भुटान सहभागी हुँदै छन् । नेपाल समुह ‘बी’ मा श्रीलङ्का, माल्दिभ्स र भुटानसँग रहेको छ भने समुह ‘ए’ मा भारत, बङ्गलादेश र पाकिस्तान रहेका छन् ।

प्रतियोगिताको पहिलो खेल पर्सि  भारत र पाकिस्तानबीच हुँदैछ । नेपालले भने शुक्रवार पहिलो खेलमा भुटानसँग खेल्दैछ । 
 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया