जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त

 असोज २९, २०८१ मंगलबार १५:११:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) को टोली जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त भएका छन् । पुबुदुलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनकपुर बोल्ट्सले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

पुबुदु दासानायके नेपाली राष्ट्रिय क्रिकेट टोलीको पूर्व मुख्य प्रशिक्षक पनि हुन् । उनले दुई पटक नेपाली राष्ट्रिय टोलीलाई सम्हालेका थिए । पुबुदुको नेतृत्वमा नेपाली राष्ट्रिय टोलीले पहिलो पटक सन् २०१४ को टी–२० विश्वकप क्रिकेट खेलेको थियो । जनकपुर बोल्ट्सको मार्की खेलाडीका रूपमा राष्ट्रिय टोलीका विकेटकिपर ब्याटर आशिफ शेख छन् ।

नेपाल प्रिमियर लिग आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म अयोजना हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुने प्रतियोगितामा आठ वटा टोली सहभागी छन् ।

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया